भागेश्वर गाउँपालिकाका सहायक लेखापाल ५ दिनपछि मृत फेला

 वैशाख २५, २०७६ बुधबार १३:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल मृत अवस्थामा फेला परेका छन् ।

गएको वैशाख २१ गतेदेखि हराइरहेका पालको शव बुधबार परशुराम नगरपालिका वडा नम्बर ५ स्थित परशुराम धामभन्दा २ किलोमिटरमाथि कल्पट्टेखानमा फेला परेको हो । बुधकार बिहान ८ बजेतिर स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फोटोको आधारमा शव पालको भएको लगभग ९० प्रतिशत पुष्टि भएको र उहाँका परिवारलाई खबर गरिएको छ ।

शव भारतीय सीमामा फेला परेकाले भारतीय  सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरेर शव नदीबाट निकाल्ने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभएको छ ।

गएको शनिबार भागेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको समूह भागेश्वर गाउँपालिका–१ स्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा बेपत्ता भएका थिए ।
            

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया