जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
सिन्धुली – बुधबारदेखि सुरु गरेको कांग्रेसको राष्ट्रिय जागरण अभियानको लागि धनुषाको जनकपुर जाने क्रममा बिहान नेपाल प्रेस यूनियन शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गरेको बताउनु भएको हो ।
प्रतिनिधिसभाको बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपापाैल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरी जबरजस्ती पास गरेको पौडेलको भनाइ थियो ।
ओली सरकारमा खराब सोच र अभिव्यक्तिका कारण अहङ्कारले ग्रस्त रहेको बताउँदै यसले देशलाई सही गन्तव्यमा पुर्याउन नसक्ने नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लथालिङ्ग देशको भताभुङ्ग चाल, जस–जसले लड्छ उसैले खाला भनेझैँ देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छ ।’
कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यो सरकारले नागरिकलाई सपनामात्र देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम भनेको आगामी दिनमा गरिने कामको योजना भएता पनि सरकारले मैले यो गरे उ गरे भनेर आत्मा प्रसंशा मात्र गरेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।