प्रधानमन्त्रीज्यू,  देशमा कलाकारको ताँती छ, प्रहसनको पात्र नबन्नुस् : नेता रिजाल

 वैशाख २५, २०७६ बुधबार १७:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद मिलेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहसनको पात्र नबन्न आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेसले बुधबारबाट सुरु गरेको देशव्यापी जनजागरण अभियान अन्तर्गत भक्तपुरको दूधपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारी भुलेर कलाकारितामा लागेको भन्दै व्यङग्य गर्नुभयो । 

रिजालले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू, सपनाको दुनियाँबाट बाहिर निस्कनुहोस्, देशमा कलाकारहरुको ताँती छ, प्रहसनको पात्र नबन्नुस्, देश उखान टुक्का र कलाकारिताले चल्दैन ।’

प्रधानमन्त्रीले सानो दललाई होच्याउने र खिच्याउने गरेको बताउँदै नेता रिजालले प्रधानमन्त्रीको प्रत्येक बोलीमा व्यङ्ग्य आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री राजा महाराजको कित्तामा पुग्दै हुनुहुन्छ, जनताले अब राजा महाराज चाहँदैनन्, कांग्रेसको खबरदारी सत्ताको लागि होइन, जनताको पक्षमा काम गर्नुस् भनेर हो ।’

नेपाली कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताउदै उहाँले भन्नुभयो, ‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्छ’,–पूर्व मन्त्रीसमेत रहनु भएका रिजालले भन्नुभयो, ‘काँग्रेसलाई सत्ता चाहिएको छैन, यो जागरण अभियान सत्ताका लागि होइन, जनतामा जागरण ल्याउन हो ।”

नागरिकले सत्तामा पठाएको नेकपा नेतृत्वको सरकारले नागरिकको चाहनाअनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम गर्न दबाब सृजना गर्न यो अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । 

नेता रिजालले कांग्रेस आफैभित्र रहेको कलहबाट बाहिर निस्केर बदलिनु र सुध्रिनु पर्ने बेला आएको बताउदै उहाँले जनतालाई कांग्रेसले विश्वास र भरोसा दिलाउनु पर्ने बताउनुभयो ।   

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं प्रदेश नं. ३ का सदस्य रजनी जोन्छे, नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापति दूर्लभ थापाले नागरिकको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि कांग्रेसले अभियान चाल्नु परेको बताउनुभयो ।

 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया