बौद्ध–जोरपाटी सडक छिट्टै पिच गर्न माग गर्दै स्थानीयले सुरु गरे आन्दोलन

 वैशाख २६, २०७६ बिहीबार १०:५५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

सडक पिच नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपन माग समेत गरेका छन् ।

तस्बिर : रासस

स्थानीय बासिन्दा र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर सडकखण्डमा प्रदर्शन गरेका छन् ।

लामो समयदेखि सडक मर्मत चावहिल–बौद्ध–जोरपाटी सडकमा हिँड्डुल गर्न समस्या छ । यो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलाम्मे हुने समस्या छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया