जर्मनीमा प्रदूषण कम गर्न इलेक्ट्रिक हाइवे

 वैशाख २६, २०७६ बिहीबार १३:१६:३२ | एजेन्सी
unn.prixa.net

जर्मनीले गाडीबाट फैलिने प्रदूषण कम गर्नका लागि नयाँ तरिका अपनाएको छ । पहिलो पटक जर्मनीमा ६ करोड डलरको लागतमा इलेक्ट्रोनिक हाइवे तयार हुँदैछ । 

जर्मन सरकारले भर्खरै फ्र्याङ्कफर्ट एयरपोर्ट र नजिकैको औद्योगिक पार्कको बीच १० किलोमिटर लामो हाइवेमा यसको परीक्षण पनि गरिसकेको छ । यसमा कम्पनीले तयार पारेको ट्रक दौडाइएको थियो, जो ट्रेन इन्जिनजस्तै सडकमाथि लगाइएको केबलबाट बिजुलीको सहायतामा चल्छ । 

यो प्रणालीलाई जर्मनी कम्पनी सिमेन्सले विकसित गरेको हो । वैज्ञानिकहरुका अनुसार, यो प्रणालीले प्रदूषण कम गर्नका लागि सहयोग गर्नेछ । ट्रकमा मोटर लगाइएको छ, जुन केबलबाट बिजुलीको सहायतामा चल्छ । विद्युतीय केबलको ऊर्जाबाट ट्रक ९० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ । 

सिमेन्सले कम्पनीले यो प्रणाली इन्धनबाट चल्ने ट्रकको तुलनामा निकै किफायती हुने दाबी गरेको छ । यसले कार्बनडाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको उत्सर्जन पनि कम गर्छ । सरकारले यस्ता ट्रक तयार गर्नका लागि झण्डै छ करोड डलर खर्च गरेको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया