प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

 बैशाख २६, २०७६ बिहिबार ११:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनाम र कम्बोडिया भ्रमणको लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँको भ्रमणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण आधा घण्टाका लागि रोकिएको थियो । 

प्रधानमन्त्री ओलीको उडानको समय विहान ११ बजेदेखि साढे ११ बजेसम्मको समयलाई ध्यानमा राखेर आधा घण्टा विमानस्लथमा  विमानको उडान अवतरण रोकेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँले आधा घण्टाका लागि मात्रै अरु उडान रोकेकाले त्यस पछि उडान अवतरण खुला भएको बताउनुभयो । प्रधानमन्त्री ओलीको सवारीका कारण अहिले काठमाण्डौ उपत्यकामा सडकमा पनि जाम बढेको छ । भीभीआईपीको सवारीका कारण गौशाला, चावहिल, एयरपोर्ट, माइतीघर मण्डला, थापाथालीलगायत ठाउँमा जाम छ । 

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेलामा पनि जाम बढेको थियो । राजसंस्थाको झल्को दिने गरी हुने भीभीआईपीको सवारीका कारण यात्रु मारमा परेको भन्दै आलोचना हुने गरेको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया