जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप गरेको छ ।
प्राधिकरणको छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणको समय जेठ मसान्तसम्म थप गरेको हो । यसअघि गएको चैत १५ गतेबाट सुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणको काम वैशाख मसान्तसम्म सक्ने भनिएको थियो । तर पुनर्निर्माणको काममा खटिएका प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएपछि एक महिना समय थप गरिएको प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरले जानकारी दिनुभयो ।
चैत १५ देखि अहिलेसम्म झण्डै ६ हजार गुनासोकर्ताले गुनासो दर्ता गराएका छन् । साथै प्राधिकरणले तोकिएको समयसीमा भित्र गुनासो भए दर्ता गर्न गुनासोकर्तालाई अनुरोध गरेको छ । गुनासो गर्नेहरु दिनहुँ बढिरहेका र यो अनपेक्षित भएको उपसचिव घिमिरेले बताउनुभयो ।
वास्तविक पीडितको लगत संकलनमा सहयोग गर्न पनि प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधि र प्राविधिकलाई आग्रह गरेको छ । वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न र गैर पीडित समावेश गर्न सिफारिु गरेको पाइएमा सिफारिसकर्तालाई कारबाही हुने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।