प्रधानमन्त्री ओली भियतनाममा, उपविदेशमन्त्री न्युन क्युक डङद्वारा विमानस्थलमा स्वागत

 बैशाख २६, २०७६ बिहिबार १६:३८:२५ | रासस
unn.prixa.net

भियतनाम - भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुग्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा  भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो । 

भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणमा  हुनुहुन्छ । उहाँले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्नुहुनेछ ।

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी  राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सङ्घीय संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी संलग्न हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया