जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारी कानुन दिवसको अवसर पारेर सर्वोच्च अदालतले आयोजना गरेको चियापान समारोहमा सहभागी हुनु भएको छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशलगायतको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको बताउनु भयो । मुख्य रजिष्ट्रार निरौलाले चियापान समारोहमा सहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।
सर्वोच्च अदालतले हरेक वर्ष वैशाख २६ गते कानुन दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
नेपालमा पहिलो पटक बिक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याउनु भएको थियो ।
त्यही दिनको स्मरण गर्दै हरेक वैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।