जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रममा राखिएको साना शब्दमा मात्रै केन्द्रित रहेर विवाद बढाउने काम गरेको बताउनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले ‘मेरो सरकार’ भन्ने शब्दप्रति कसैले कुनै आपत्ति प्रकट गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपतिले अपनत्व ग्रहण गरेर ‘मेरो सरकार’ भन्नु भएकाले त्यसमा कसैले आपत्ति प्रकट गरिरहनु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले यदि त्यो शब्द भन्नै नहुनी भए नेपाली शब्द कोषबाटै डिलिट गरिदिनुपर्ने अवस्था आएको हो भन्दै प्रश्न पनि गर्नुभयो ।
‘मेरो र सरकार त अब राख्नै भएन नेपाली शब्दकोशमा’, उहाँले प्रश्न गर्नुभयो, ‘त्यसो भए शब्दकोशबाटै यसलाई हटाउने हो त ?’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यदि मेरो सरकार भन्ने शब्दलाई हटाउने नै हो भने त जय नेपाल पनि डिलिट गरेर फालिदिनु पर्ने होला ? किनकी जय नेपाल त प्रहरीले भन्छ । प्रहरीले भन्छ भन्दैमा त्यो उसैको मात्रै हुन्छ भन्ने हो र ? हाम्रा प्रतिपक्षका साथीहरुले पनि अहिले त्यही शब्द भेट हुँदा र अन्त्यमा भन्छन् ।’
अधिकांश समय राष्ट्रपतिको सम्बोधन विवादबारे बोल्नुभएका सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘जय नेपाल त २०१७ सालमा जननिर्वाचित बीपी कोइरालाको पहिलो दुई तिहाईको सरकार अपदस्थ गरेर लोकतन्त्र निलिसकेपछि तत्कालीन राजा महेन्द्रले जय नेपाल श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् भनेर भनेकाले त्यो शब्द त झन महेन्द्रको हुनुपर्ने हो नि ।’
‘कांग्रेसले अहिले पनि त्यही जय नेपाल बोकिर हिँडिरहेको छ’, उहाँले प्रश्न गर्नुभयो, ‘त्यसो भए के कांग्रेस महेन्द्रको जय नेपालवादी हो त ?’ महेन्द्रले पुष १ गते चालेको कदमलाई लोकतान्त्रिक आन्दोलनको इतिहासमा अहिले पनि कालो दिनको रुपमा लिने गरिएको पनि उहाँले स्मरण गराउनुभयो ।
त्यस्तै मन्त्री बाँस्कोटाले त्यही बेला बीपी कोइराला चीन जाँदा ‘मेरो सरकार, मेरो जनता, मेरो देश’ भन्नुभएको र त्यो बेला ४ सिट रहेको कम्युनिष्टले किन मेरो भनिस् भनेर कुनै विरोध नगरेको पनि सम्झनुभयो ।
अहिले शब्दलाई लिएर विरोध गर्नुको कुनै आवश्यकता नरहेको बताउँदै सामाजिक तथा आर्थिक विकासमा सरकारले लिएका एजेण्डालाई लिएर बहस गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ इङ्गित गर्दै मन्त्री बाँस्कोटाले शब्दको विषयलाई लिएर संसदमा ड्याम–ड्याम टेबल नै फुट्ने गरी हान्नु जरुरी नरहेको उल्लेख गर्नुभयो ।
संसद सहज रुपमा चल्छ
नीति तथा कार्यक्रम पारित गर्ने दिन संसदमा भएको विवाद सुल्झाउन प्रतिपक्षीसँग कुनै छलफल हुन्छ कि भन्ने जिज्ञासामा मन्त्री बाँस्कोटाले थप थप छुट्टै वार्ता, छलफल संवाद गर्नु पर्ने कुनै अवस्था नै नरहेको बताउनुभयो ।
संसद बैठक भोलि नै रहेको र भोलिको बैठकको सुरुवातमा वादविवाद प्रतिवाद चले पनि बैठक सुरु सुरु चल्ने उहाँले स्पष्ट पार्नुभयो । ‘संसद भोलि नै छ, भोलि फेरि एकछिन चल्छ, हात उठ्छ, नियम आपत्ति हुन्छ,’ उहाँले भन्नुभयो, ‘एकछिन आलोचना, वाद विवाद प्रतिवाद चल्छ तर सदन फेरि सुरु सुरु चल्छ ।’
कुनै एक जनाको मात्रै नभई सदन सबैको रहेकाले कसैले रोक्दैमा नरोकिने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सदन त सबैको हो, त्यो स्ट्रक्चर त नेपाली जनताले नै बनाएको संस्था हो । त्यसैले संसद चलाउन वार्ता गर्नु पर्ने, संवाद गर्नुपर्ने केही छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।