जीपले ठक्कर दिँदा सडक छेउमै खेलिरहेका एक बालकको ज्यान गयो

 वैशाख २६, २०७६ बिहीबार १७:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी - डिलाशैनी गाउँपालिका-६ बांगाबगरमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सडक छेउमै खेलिरहेका तीन वर्षीय बालक युकेश साउदको जीपले ठक्कर दिँदा ज्यान गएको हो । 

साउदलाई बिहीबार दिउँसो गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

बालकलाई ठक्कर दिएर भाग्दै गरेका जीप चालक विक्रम बिष्टलाई सल्सेनाबाट जीपसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पातलीले जानकारी दिनुभयो । 

स्थानीयहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन् । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया