युरोपा लिगमा उपाधिका लागि चेल्सीले आर्सनलसँग खेल्ने

 बैशाख २७, २०७६ शुक्रबार ८:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिगमा चेल्सीले उपाधिका लागि आर्सनलसँग खेल्नेछ । जर्मन क्लब फ्रांकफर्टलाई टाइब्रेकरमा चार तीन गोलले हराउँदै चेल्सीले युरोपा लिगको फाइनलमा स्थान बनायो । 

पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेग पनि एक–एक गोलमा सकिएको थियो । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको दोस्रो लेगमा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २८ औं मिनेटमा लोफ्टुस चीकले गोल गर्दै टिमलाई एक शून्यले अगाडि राखेका थिए । 

तर ४९ औं मिनेटमा जोभिकले गोल गर्दै पाहुना टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा गयो । जसमा चेल्सीका लागि इडेन हाजार्डले विजयी गोल गर्न सफल भए ।

यो सिजनपछि उनी रियल जाने चर्चा भइरहेका बेला फेरि पनि चेल्सीको जितमा अन्तिममा उनी नै नायक बने । युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा २९ मे मा हुनेछ । 

यो सिजनको युरोपियन प्रतियोगिताको उपाधि इंग्ल्याण्ड आउने भएका छन् । कारण च्याम्पियन्स लिगमा पनि दुबै फाइनलिस्ट इंग्लिस क्लब छन् भने युरोपा लिगमा पनि दुबै इंग्ल्याण्डका क्लव बनेका छन् । जुन युरोपियन प्रतियोगितामा पहिलो पटक हुन लागेको हो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया