चेन्नईलाई हराउँदै इतिहास रच्ने दाउमा दिल्ली

 बैशाख २७, २०७६ शुक्रबार ९:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्‍यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन ।

सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ । 

आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउाने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । 

लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो ।

दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया