जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको छ ।
अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।
शुक्रबार आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश पनि व्यक्त गर्नुभयो । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले ‘सेल्स प्वाइन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न पनि आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराउनुभयो । उहाँले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तिर्न महिनौँ लगाउने प्रथाको अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।