१३औंँ साग ताेकिएकै समयमा सम्पन्न हुन्छ: मन्त्री विश्वकर्मा

 बैशाख २७, २०७६ शुक्रबार १४:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औंँ दक्षिण एशियाली खेलकुद भव्यताका साथ सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएकाे छ ।

डिसेम्बर १ देखि १० तारिखसम्म मंसिर १५–२४ गते आयोजना हुने सागका लागि सरकारले पनि नीति तथा कार्यक्रममै समावेश गरेकाले बजेट लगायतका कुनै पनि कुराहरुको कमी नहुने गरी तयारी गरिने पनि उहाँले प्रष्ट पार्नुभयाे ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाण्डाैमा गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले प्रतियोगितमा २७ खेल समावेश हुने यसअघिकै निर्णय अनुसार सरकार अघि बढेको बताउँदै एक दुई दिनमा मस्कट सार्वजनिक हुने पनि बताए । हालै प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकुदमा पदक जितेका खेलाडीहरु नै १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनीहरुले जेठ महिनाभित्रै बन्द प्रशिक्षणमा राख्ने पनि जानकारी दिनुभयाे ।

उहाँले १३औंँ साग नेपालको प्रतिष्ठासँगै जोडिएकाले पूर्वाधार लगायतका सबै कुराहरु आषाढ मसान्तभित्र पूरा हुने भन्दै प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेमा ढुक्क हुन पनि आग्रह गर्नुभयाे ।

त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको, पोखरा रंगशाला लगायतका सबै पूर्वाधारहरु यसै आर्थिक बर्षमा सकिने पनि बताउनुभयाे ।आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्दा केही कमी-कमजोरीहरु भएको स्वीकार गर्दै मन्त्री विश्वकर्माले १३औंँ सागमा यस्तो कमी नहुने पनि प्रष्ट पार्नुभयाे ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया