आचारसंहिता उल्लंघन गर्ने अनलाइनको सूचीकरण रद्ध हुने

 बैशाख २७, २०७६ शुक्रबार १६:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्ध हुने भएको छ ।  

प्रेस काउन्सिल नेपालको आचारसंहिता अनगमन उपसमितिको बैठकले बारम्बार सचेत गराउँदा पनि आचारसंहिता पालना गर्न अटेर गर्ने अनलाइन सञ्चारमाध्यमको अबदेखि सूचिकरण रद्ध गरिने निर्णय गरेको हो ।  

साथै सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई अबको १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ । १५ दिनभित्र दर्ता नगरे पनि सूचीकरण रद्ध हुने उसले स्पष्ट पारेको छ । 

यस्तै केही अनलाइन सञ्चारमाध्यमले विभिन्न नाममा समाजमा अफवाह, आतंक फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई सचेत गराउने र सचेत गराउँदा पनि अटेर गरे प्रचलित नियम÷कानुन तथा आचारसंहिता बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि काउन्सिलले गरेको छ । 

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनलाइन सञ्चारमाध्यमलाई विश्वसनीय बनाउन यस्तो निर्णय गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया