गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

 वैशाख २७, २०७६ शुक्रबार १७:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – गएको साउन १९ गते गोक्यो तालमा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीको शव खोज्न टोली खटिएको छ । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो तालमा हराएका थिए । हराइरहेका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोलीले पेम्बा नुरु शेर्पाको शव निकालेको थियो । 

तालमा डुबेका पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली अझै हराइरहेका छन् । तालमा बेपत्ता भएको ९ महिनापछि बालकको खोजी गर्न विदेशी विशेषज्ञ र गोताखोरसहित सशस्त्र प्रहरी बलको संयुक्त टोली आज गोक्यो ताल तर्फ हिँडेको हो ।

हिमतालमा डुबेका बालकहरुको खोजीका लागि रोबर्ट, जेनेरेटर, ड्राइसुटलगायत सामग्रीहरु आजै हेलिकप्टरमार्फत गोक्यो हिमताल पुगेको र विशेषज्ञसहितको टाली आज मंगलवार गोक्यो ताल क्षेत्र पुग्ने टोलीमा सहभागी विक्रम श्रेष्ठले जानकारी दिनुभयो । 

अमेरिकाबाट आएका विशेषज्ञसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक, पथप्रदर्शक लगाएको टोली उद्धारका लागि गएको हो । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया