बिरालो जस्तै देखिने अफ्रिकाको नयाँ जनावर देखेर दर्शक दङ्ग (भिडियो)

 वैशाख २७, २०७६ शुक्रबार १८:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – जाउलाखेलमा रहेको चिडियाखानामा केही महिनाअघि प्रदर्शनमा राखिएको नयाँ जनावरले दर्शकलाई आकर्षण थपेको छ ।

अफ्रिकाको माडागास्कर टापुमा मात्रै पाइने यो जनावर झट्ट हेर्दा धेरैले बिरालो भन्छन् । तर यो बिरालो नभएर बाँदर प्रजातिमा पर्ने जनावर हो । यसलाई ‘रिङ टेल लिमुर’ भनिन्छ । 

हेर्नुहाेस् भिडियाे

कुकुरको जस्तो थुतुनो, बिरालोको जस्तो आँखा, बाँदरका जस्ता पञ्जा । बिरालोको जस्तो तर फुरेकोे पुच्छर, शरीरभरि नरम भुवा भएको यो जनावर एकदमै आकर्षक देखिन्छ । 

उष्ण मनसुनी हावापानीमा पाइने लिमोरको एक जोडी तस्करहरुको कारण नेपाल भित्रिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएपछि जिल्ला वन विभागले चिडियाखानालाई बुझाएको थियो ।

जाउलाखेल चिडियाघरमा आयो नयाँ जनावर

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया