जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भए पनि मेलम्चीको पानी काठमाण्डौ ल्याइने बताउनुभएको छ ।
काठमाण्डौउपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताउनुभएको हो । उहाँले केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाण्डौ आउने स्पष्ट पार्नुभयो ।
उहाँले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताउनुभयो । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउन दृढ छौं', उहाँले भन्नुभयो, 'म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेका थिए ।' उहाँले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको पनि बताउनुभयो ।
‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्', प्रचण्डले भन्नुभयो , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’
‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’, उहाँले भन्नुभयो, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’
अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, 'यो एक किसिमको रोग जस्तै भए पनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।