तमोर नदीले बगाउँदा काबेली करिडोरमा कार्यरत एक भारतीय नागरिक बेपत्ता

 बैशाख २७, २०७६ शुक्रबार १९:२:४५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - तमोर नदीले बगाउँदा पाँचथरमा एक भारतीय नागरिक बेपत्ता भएका छन् । हिलीहाङ गाउँपालिका–७, सुभाङ नजिकै तमोर नदLमा शुक्रबार पौडी खेल्ने क्रममा काबेली करिडोरमा कार्यरत भारीतय नागरिक १९ वर्षीय मञ्जुरी हक बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान ११ बजे करिडोर क्षेत्रमा तार बिस्तार गर्न खटेका तीन जनामध्ये मञ्जुरी हक पौडेर नदी पार गर्न खोज्दा बेपत्ता भएको पाँचथर प्रहरीले जनाएको छ । नदी पार गरेर तार विस्तार गर्न खटेका मध्ये २ जनाले भने पौडेर नदि पार गरेको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र जोरपोखरीबाट प्रहरी टोली खटेको र खोजी गरिरहेको बताइएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया