जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
खोटाङ – रक्सी खाएर प्रधान अध्यापकमाथि आक्रमणकाे प्रयास गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेकाे रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका छन् ।
सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा कुर्सी उज्याएर प्रधान अध्यापक टेकबहादुर राईमाथि आक्रमणको प्रयास गरेपछि शिक्षक राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बैठकमा प्रधान अध्यापकमाथि आक्रमण प्रयास गरेको जानकारी आएपछि नगरका मेयर इवन राईले कर्मचारी र प्रहरी पठाएर शिक्षक राईलाई नियन्त्रणमा लिइएको बताइएकाे छ । पक्राउ परेका शिक्षकको स्वास्थ्य परीक्षण गरेर प्रहरीको नियन्त्रणमा राखिएको छ ।
नियम अनुसार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रधान अध्यापकमाथि आक्रमणको प्रयास भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताउनुभयो । प्रधान अध्यापकलाई जोगाउन खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा चोट लागेको छ । आक्रमणमा उत्रने शिक्षकलाई कडा कारबाही हुने मेयर राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।