जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै – नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान बारे शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिनुभएको हो ।
विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उहाँले सरकारको कदमविरुद्ध महासंघले आइतबार देखि साताव्यापी आन्दोलन घोषणा गरेको जानकारी गराउनुभयाे ।
उहाँले भन्नुभयो, 'आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहदै आएको अन्तर्राष्ट्रिय समुदायलाई गुहार्छाैँ । अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउनेछौ ।'
उहाँले सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी पनि गर्नुभयो । विधेयकमा भएको व्यवस्था अनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने भन्दै उहाँले काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको बताउनुभयो ।
याे विधेयक स्वीकार्य नभएकाे भन्दै उहाँले भन्नुभयो, 'यो विधेयक हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ । यदि यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने हामी नेपालका सञ्चारकर्मीहरु यो कानुन मान्दैनौँ । हामी यसको अवज्ञा गर्छौँ, कुनै पनि मूल्यमा हामीलाई यो स्वीकार्य छैन ।'
कार्यक्रममा उहाँले पत्रकारलाई १५ वर्षसम्म जेल हाल्नका लागि यो मत दिएका हुन् त भन्ने प्रश्न राख्नुभयाे । यस्तै तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्न सजिलो भए पनि लोकतन्त्रको आवरणमा गरिने वर्तमान सरकारका गलत कामका विरुद्ध लड्नु चुनौतिपूर्ण भएको भन्दै उहाँले प्रेस स्वतन्त्रताको खातिर एकजुट हुन सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले फेरि एकपटक प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै सबैलाई सडक संघर्षमा ओर्लन समेत आह्वान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।