केरुङ-काठमाण्डौ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुकाे सुझाव

 वैशाख २८, २०७६ शनिबार १८:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केरुङ-काठमाण्डौ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन् । 

विवेकशील साझा पार्टीले शनिबार गरेको केरुङ-काठमाण्डौ रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभइ त्यस विषयमा हतार नगर्न सुझाव दिनुभएको हो ।

रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको आफूले पाएको भन्दै उहाँले पहिलो प्राथमिकता सडक सञ्जालको विस्तारलाई दिन सुझाव दिनुभयो । उहाँले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसँगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भए पनि केरुङ-काठमाण्डौ रेलमार्ग निर्माण अघि थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो ।

विवेकशील साझा पार्टीका प्रवक्ता तथा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यले केरुङ-काठमाण्डौ रेल सञ्चालनबाट प्रत्यक्ष लाभ नेपाल वा छिमेकी मुलुक कसलाई भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । रेलमार्गले ल्याउने भू-राजनीतिक तरंग लगायतका विषयमा वस्तुगत बहस गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विज्ञहरुले तत्कालका लागि चीनबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले पार्ने विविध पक्षको अध्ययन गरी आन्तरिक सडक पुर्वाधारमा जोड दिएर योजनाबद्ध ढंगले निर्णय गर्न सुझाव दिँदै आएका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया