जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
पाल्पा - पाल्पाका १८७ छात्राले एकहप्ते आत्मरक्षाको तालिम लिएका छन् ।
नेपाली सेनाको पाल्पाामा रहेकाे गोरखदल गणको आयोजनामा गएको हप्तादेखि शुरु भएको तालिममा तानसेनका ६ निजी विद्यालयका विद्यार्थीहरुले तालिम लिएका हुन् । यौन हिंसा, बलात्कार र दुव्र्यवहारका घटनाबाट जोगिन जिल्लामा पहिलोपटक आत्मरक्षाको तालिम शनिबार सम्पन्न भएको गोरखदल गणका, गणपति प्रमुख सेनानी सुरज थापाले जानकारी दिनुभयो ।
तालिममा सेन्ट क्यापितानियो स्कुलबाट ६७, बेथल इङलिस स्कुलबाट ५६, विजु इङलिस स्कुलबाट २५, वृन्दावन एकाडेमीबाट २३, पाल्पा आवासिय मा.वि.बाट ८ र विज्डम इङलिस स्कुलबाट ८ जना गरी जम्मा १८७ जना छात्रा विद्यार्थीहरुको सहभागिता थियो ।
तानसेनको टुंडिखेल मैदानमा आइतबारबाट सुरु भएको तालिममा आत्मरक्षाका साथै यौन शिक्षा, मानव अधिकार लगायतका बारेमा समेत प्रशिक्षण भएको थियो । तालिमले सानातिना समस्याबाट जोगिनुका साथै सार्थक जीवन शैली अपनाउन मद्दत पुगेको तालिममा सहभागीहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।