च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तान विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको खेलमा इंग्ल्याण्डका लागि जोस बट्लरले एक सय १० तथा जेसोन रोयले ८७ र इयोन मोर्गनले ७१ रन बनाए ।
यस्तै जोय रुटले ४० रनको योगदान गरे । बटलरले ५० बलमा शतक पूरा गरे । उनी कम बलमा शतक बनाउने दोस्रो इंग्लिस खेलाडी बनेका छन् ।
जवाफमा पाकिस्तान ५० ओभरमा सात विकेट गुमाउँदा तीन सय ६१ रनमा अलआउट भयो । जसका लागि फकर जमालले एक सय ३८ तथा आदिल रासिदले ५१ रन बनाए ।
रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा पाकिस्तान जितको नजिक पुगेपनि सफल हुन सकेन । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।