आफ्नाे फिल्म ‘गरम मसाला’ किन आफ्नाे छोराले नहेराेस् भन्ने चाहन्छन् अक्षय कुमार?

 बैशाख २९, २०७६ आइतबार १७:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अक्षय कुमार यतिबेला राजनीति र मनोरञ्जन दुवैतिरबाट चर्चामा छन् ।

हालै उनले आफ्ना छोरा आरभको विषयमा दिएको बयानले सामाजिक सञ्जालमा चर्चा पाइरहेकाे छ । अक्षयलाई एउटा कार्यक्रममा पत्रकारले तपाइँ आफ्नो कुन फिल्म छोरा आरभलाई देखाउन चाहनुहुन्न भनेर सोध्दा अक्षयले दिएको जवाफ यतिबेला चर्चामा रहेको छ । 

अक्षय कुमारले त्यस प्रश्नको जवाफमा मुस्कुराउँदै भने, ‘एउटा फिल्म छ जसलाई म मेरा बच्चाहरुलाई देखाउँन चाहँदिन, र त्यो फिल्म ‘गरम मसाला’ हो । किनकि यस फिल्ममा म एकैपटक ३-४ जना केटीहरुलाई डेट गरिरहेको थिएँ । याे फिल्ममा मेरो भूमिका निकै नै फरक किसिमको थियो ।’ 


अक्षयले अगाडि भने, ‘म उनीहरुलाई ती सबै कुरा बिर्सिन भन्नेछु किनकि आजभोलि केटीहरुसँग मेकअपको सामानभन्दा पनि बढी ट्र्याकिङ्गका सामानहरु हुन्छन् । त्यसैले उनीहरुले तिनीलाई सजिलै ट्र्याक गरिहाल्नेछन् । तसर्थ यी सब कुरामा ध्यान नदिनु ।’ 

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिएपछि अक्षय कुमारको नागरिकतालाई लिएर विभिन्न प्रश्नहरु उठाइएका थिए । विवाद बढेपछि अक्षय कुमार आफैँले आफ्नो नागरिकताका विषयमा स्पष्टिकरण दिनुपरेको थियो । अक्षयले आफूसँग क्यानडाको नागरिकता रहेको बताएका थिए । तर आफू ७ वर्षदेखि क्यानडा नगएको बताएका थिए । 


तर त्यसपछि पनि सामाजिक सञ्जालमा अक्षय कुमारले झूटाे बोलेको भन्दै विरोध भएको थियो । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनशट शेयर गर्दै अक्षय पाँच वर्ष अघि पनि क्यानडा गएको बताएका थिए । स्क्रिनशटमा बलिउड गायक मिका सिंहको ट्वीट थियो । जसमा लेखिएको थियो, ‘गुड मार्निङ्ग, अक्षय कुमार, राज कुन्द्रा, शिल्पा शेट्टी, राहुल खन्ना र किशोर कमारका साथ टोरन्टोमा एक पार्टीमा रमाइलो गरियो ।’ त्याे ट्वीट मार्च १४ मा गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया