जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
दामाेदर न्याैपाने
काठमाण्डौ- उपत्यकामा दिनानुदिन सवारीको चाप बढ्दो छ । यही बढ्दो सवारीको चापलाई नियन्त्रण गर्न र उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको देखाएको छ ।
त्यसमध्ये पनि ३५ वटा स्थानमा ट्राफिक लाइट अति नै आवश्यक रहेको ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले तत्कालका लागि ३५ वटा स्थानलाई अति आवश्यक भनेर तोकिए पनि एक सय ३९ स्थानमा नै ट्राफिक लाइट चाहिने उज्यालोलाई बताउनुभयो ।
‘अहिले तत्कालका लागि ३५ वटा स्थानमा मात्रै ट्राफिक लाइट जडान गरेर हाम्रो काम सकियो भन्नु अव्यवहारिक हुन्छ, दीर्घकालीन रुपमा नै ट्राफिक व्यवस्थापन गर्ने हो भने एक सय ३९ वटा स्थानमा नै ट्राफिक लाइट जडान गर्नुपर्छ,’ उहाँले भन्नुभयो । आठ-दश स्थानमा मात्र ट्राफिक लाइट राखेर सवारीको चाप व्यवस्थापन र सडक व्यवस्थित हुन्छ भन्नु गलत हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार, चोक चोकमा ट्राफिक लाइटको अभावमा प्रत्येक चोकमा चारदेखि छ जना ट्राफिक प्रहरी खटाउनु परेको छ । यी सबै स्थानमा ट्राफिक लाइट हुने हो भने जनशक्ति पनि कम लाग्छ र ट्राफिक व्यवस्थापन पनि प्रविधिमा आधारित भएर चल्ने प्रवक्ता आचार्यले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘ट्राफिक लाइट जडान भए पछि सम्पूर्ण ट्राफिक व्यवस्थापन सिस्टममा चल्छ र सडकमा सवारीको चाप र जामको समस्या आफैँ समाधान हुन्छ ।’
‘ट्राफिक नै उभिएर ट्राफिक व्यवस्थापन गर्दा एकातिर पाँच मिनेट रोक्न सक्छ र अर्काेतिर आठ मिनेट रोक्न सक्छ । यसले गर्दा पनि जाममा परेका सर्वसाधारण रुष्ट हुन सक्छन् । यी सबै समस्यालाई समाधान गर्न पनि हामीले छनोट गरेका एक सय ३९ स्थानमा नै ट्राफिक लाइट चाहिन्छ,’ उहाँले भन्नुभयो ।
सडक विभागले वैशाख महिनाभित्रै सञ्चालनमा आउने गरी आठ वटा स्थानमा ट्राफिक लाइट जडान सुरु गरिसकेको छ । विभागले भ्याटसहित एक करोड नौ लाखको लागतमा कालीमाटी, पद्मोदय मोड, सिंहदरबार, तीनकुने, बागबजार, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कमा जडान गर्न लागेको हो ।
प्राथमिकताका आधारमा कुन–कुन चोकमा पहिला ट्राफिक लाइट जडान गर्ने हो, त्यही अनुरुप काम हुने सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप वाराहीले बताउनुभयो ।
‘यी आठ वटै स्थानमा ट्राफिक लाइट जडान भैसकेपछि एक हप्ता परीक्षण हुन्छ र त्यसपछि मात्रै ट्राफिक लाइट सञ्चालनमा आउँछ । यसका लागि जेठको पहिला हप्तासम्म लाग्न सक्छ,’ प्रमुख वाराहीले भन्नुभयो ।
आठ वटै स्थानमा जडान गरिने ट्राफिक लाइट बानेश्वर चोक र महाराजगञ्जमा जडान गरिएको प्रविधि अन्तर्गत पर्दछ । यो प्रविधि नेपाली इन्जिनियरहरुले नै विकास गरेका हुन् र बिग्रेको अवस्थामा उनीहरुले नै मर्मत गर्ने सहमति भएको छ ।
२० स्थानमा ट्राफिक लाइट, ३ वटाले मात्र काम गर्छ
ट्राफिक महाशाखाको अनुसार, अहिले उपत्यकाभरि २० स्थानमा ट्राफिक लाइट छन् । ती मध्ये नारायणगोपाल चोक, नयाँ बानेश्वर, ठिमी चोक र गठ्ठाघरको लाइटले मात्र काम गर्छ । बाँकी १७ वटा ट्राफिक लाइट मात्र ठिङ्ग उभिएका छन्, तिनीहरुले काम गर्दैनन् ।
सडक विभागले जडान गर्ने भनेको ट्राफिक लाइटले बिग्रिएर कामै नलाग्ने भएका स्थानलाई पनि समेट्छ । ट्राफिक लाइट जडान भएपछि उपत्यकाको सवारी चापमा धेरै राहत हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागले विश्वास लिएको छ ।
तर ट्राफिक व्यवस्थापनलाई सहज पुर्याउन चोक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भए पनि यसले सडकमा मेटिएका रेखा, सडक मर्मतलगायतका कामलाई भने समेट्ने छैन । यसका लागि छुट्टै ताकेता गरिने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।