सचिन तेन्दुलकरसँग नेपाली क्रिकेटको विषयमा कुराकानी गरेँ : सन्दीप

 बैशाख २९, २०७६ आइतबार २०:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर सन्दीप लामिछाने आइतबार स्वदेश फर्किएका छन् । आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका लामिछानेसँग आईपीएल यात्राबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । उनीसगकाे कुराकानी यस्ताे छ: 

आईपीएल क्रिकेटको यो सिजनको यात्रा कस्तो भयो ?

समग्रमा राम्रै भयो । कम चान्स पाएँ । गत सिजनको तुलनामा यस पटक धेरै गेम खेलेँ । दिल्लीको टिममा ब्याट्सम्यानको खाँचो पर्नाले म बाहिर बस्नुपर्यो । आफ्नो प्रदर्शन, टिम जर्नी सबैसँग ह्याप्पी छु । गत सिजनमा लास्टमा हुनु र अहिले तेस्रो हुनु मेरा लागि ठूलो उपलब्धि हो ।

दिल्ली तेस्रो स्थानमा आउँदा तपाइँले कति योगदान गर्नुभयो ?

टिम गेम भएकाले सबैको योगदनन बराबर नै हुन्छ । कुनै म्याचमा मेरो प्रदर्शन अलि बढी भयो होला कुनैमा कम भयो होला तर समग्रमा सबैको मेहनतले नै दिल्ली तेस्रो भएको हो । आईपीएल मेरालागि ठूलो च्यालेन्जको विषय थियो । आईपीएल ठूलो प्रतियोगिता भएकाले यसमा खेल्न आफूलाई प्रमाणित गर्नुपर्छ । खेलाडीको जीवनमा ‘अप एण्ड डाउन’ हुन्छ । समग्रमा मेरो प्रर्दशन राम्रै भयो ।

सुरुकै राउण्डका म्याच खेल्दा प्रेसर कस्तो हुँदो रहेछ ?

प्रेसर त्यस्तो हुँदैन । कहिले खेल्ने भन्ने कुरा त टिमको डिसिजन हो । उहाँहरुलाई थाहा हुन्छ कस्तो पिचमा ब्याट्सम्यान र बलरको खाँचो पर्छ भनेर । लोकल कोटामा ‘लेग स्पिनर’ २ जना भएकाले मेरो चान्से कम भएको हो । त्यही पनि मैले ६ खेलमा बलिङ गर्न पाए । आफैँमा म विदेशी खेलाडी, त्यसमा पनि लेग स्पिनर, स्थानीय खेलाडीहरु लेग स्पिनर हुँदाहुँदै पनि चान्स पाउनु भनेको मेरा लागि ठूलो कुरा थियो । गत वर्ष प्रतियोगितबाट बाहिरिइसके पछि मैले चान्स पाएको थिएँ, त्यतिबेला पनि मैलो राम्रो प्रदर्शन गरेको थिएँ । अहिले बीच-बीचमा चान्स पाएँ, कहिले राम्रो गरेर पनि बाहिर हुनुपरेको थियो । टिम म्यानेजमेन्टले लिएको निर्णय स्वीकार गर्नुपर्छ, त्यही म्यानेजमेन्टका कारण अहिले दिल्लीको समग्र प्रदर्शन पनि राम्रो भएको हो ।

अब तपाईको प्लान के छ त ?

धेरै समय पछि परिवारसँग विताउने मौका पाएको छु । यसलाई सदुपयोग गर्छु ।

पीएम कप खेल्नु हुन्छ ?

अहिले म रेस्टमै हुन्छु । किन भने अलि हल्का ‘ब्याक पेन’ पनि छ । यसमा हतार गरियो भने नेपाललाई नै घाटा हुन्छ, त्यसैले अहिले पुरै रेस्ट गरेर बस्ने विचारमा छु । नेपाली टिमले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु ।

विश्वका सबै फ्रेन्चाइज लिगहरु खेल्नु भयो, आईपीएल के कुराले फरक छ ?

फरक के भनौं, आईपीएलमा स्पिन बलरहरुलाई खेल्ने ब्याट्सम्यानहरु धेरै हुन्छन् । आईपीएलमा क्रिकेटको माहोल नै छुट्टै हुन्छ । यो विश्वकै सर्वाधिक ठूलो लिग हो । यस लिगमा व्याट्सम्यान र बलर पनि त्यस्तै हुने भएकाले यसको माहोल फरक देखिएको हो ।

प्रतियोगिताको दौरान सचिन तेन्दुलकरसँगको फोटो सार्वजनिक भएको थियो, के कुरा भएको थियो ?

त्यो भेटमा सचिनसँग नेपालको क्रिकेटको विषयमा कुराकानी भएको थियो । मैले जतिबेला पनि क्रिकेटरहरु भेट्दा नेपालको क्रिकेटको बारेमा नै कुराहरु भएका हुन्थे । यो खुसीको कुरा हो, यति ठूला व्यक्तिहरुले पनि नेपाली क्रिकेटलाई पछ्याउनु हुन्छ ।

प्रतियोगितामा जानु अघि प्रमाणीत गर्ने परीक्षा हो भन्नु भएको थियो, परीक्षामा सफल हुनुभयो ?

सिक्ने कुराहरु कहिले पनि पूर्ण हुँदैन् । राम्रो राम्रो बलरले पनि रन खान्छ, राम्रो राम्रो ब्याट्सम्यानहरु पनि शून्यमा आउट हुन्छन् । यो भनेको तलमाथि हुनु भनेको पार्ट अफ लाइफ हाे। ६ खेलमा ८ विकेट मेरा लागि राम्रो जर्नी हो ।

पहिलो लिगपछि र अहिलेको लिगपछि आफूलाई कति परिपक्व भएको पाउनुहुन्छ ?

गत सिजनको आईपीएलपछि मैले लगातार विश्वका अन्य लिगहरुमा खेलेँ । अहिलेको लिगमा अनुभवबाट धेरै कुराहरु सिकेर आएँ । अहिलेको समय भनेको गेम लर्न भन्दा पनि एक्सपिरियन्स लर्न गर्ने बेला हो । यो अनुभवले सँधैभर खेलमा तल माथि भइरहन्छ भन्ने कुरा दर्शाउँछ । खेल बिग्रँदा नआत्तिने र राम्रो हुँदा नमात्तिने कुराहरु सिकाउँछ ।

दिल्ली फाइनलमा पुग्न किन सकेन ?

हामीले रन अलि थोरै बनायौं र चेन्नईविरुद्ध बलिङ अलि कमजोर भयो । ब्याटिङमा अलि राम्रो गरेको भए चान्स थियो । ऋषभ पन्तले एक इनबाट राम्रो खेल्दा खेल्दै अर्को इनबाट उसलाई साथ दिएको भए अलि राम्रो हुन्थ्यो । फाफ डु प्लेसि र वाट्सनले राम्रो सुरुवात गरेका थिए । त्यस दिन हाम्रा लागि थिएन् यत्ति भनौं ।

प्लेनको यात्रा डर लागेन ?

प्लेन ढिला भएर आकाशमा फन्को मार्दा डरले सातो गयो । ल्याण्ड गर्न लागेको प्लेन काठमाण्डौको मौसम खराबीका कारण १८ चक्कर जति लगाउँदा मेरो सातो गयो । यो भन्दा अघि चेन्नाईको खेल सकेर दिल्ली फर्कँदा पनि त्यस्तै भएको थियो तर त्यस दिनको भन्दा आजको झनै डरलाग्दो थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया