इन्डियन महिला फुटबल लिगमा सावित्राकाे अर्काे ह्याट्रिक

 बैशाख २९, २०७६ आइतबार २०:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली स्ट्राइकर सावित्रा भण्डारीले इन्डियन महिला फुटबल लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छिन् ।

समूह बी मा रहेको सावित्राको टिम सेथु फुटबल क्लब लगातार चार खेलमा जीत निकाल्दै १२ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो तेस्रो खेलमा बाहेक अरु जम्मै खेलमा शुरुको प्लेयिङ सेटमा परेकी सावित्राले अहिलेसम्म ९ गोल गरिसकेकी छिन् ।

पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी सावित्राले दोस्रो र तेस्रो खेलमा एक एक गोल गरेकी थिइन् । तेस्रो खेलमा नेपालकै अनिता बस्नेतलाई रिप्लेस गर्दै मैदान छिरेकी सावित्राले त्यसमा पनि एक गोल गर्न सफल भइन् । आइतबार कोलापुर सिटीसँगको खेलमा सावित्राले ह्याट्रिक गर्न सफल भइन् ।

जारी प्रतियोगितामा सावित्राको दोस्रो ह्याट्रिक पनि हो । सावित्रा र रतनबालाको ह्याट्रिकको मद्दतले सेथुले कोलापुरमाथि ९–० को फराकिलो जित निकाल्न सफल भयो । पहिलो हाफमा ५ गोल गरेको सेथुले दोस्रो हाफमा ४ गोल थप्यो । 

सेथुका लागि चौथो मिनेटमै ग्रेसले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । उनले नै सातौं मिनेट गोल गर्दै २–० को अग्रता बनाइन् । कोलापुरकी डिफेन्डरले डी बक्सभित्र सावित्रालाई खराब ट्याकल गरेपछि पाएको पेनाल्टीमा ग्रेसले गोल गरेकी हुन् ।

खेलको २३ औँ र २८ औं मिनेटमा रतनबालाले गोल गर्दै टिमलाई ४–० गोल अवस्थामा पु¥याएकी थिइन् । पहिलो हाफको पाँचौ गोल भने सेथुले उपहारस्वरुप पाएको थियो ।

५७ औं मिनेटमा सवित्राले व्यक्तिगत पहिलो गोल गर्दा सेथुले ६–० ले अघि बढ्यो । नेपाली खेलाडी सावित्राले ६७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । यसैगरी उत्कृष्ट फर्ममा रहेकी सावित्राले ७६ औं मिनेटमा रतनबालाको पासमा सावित्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

पहिलो हाफमा दुइ गोल गरेकी रतनबालाले ८१ औँ मिनेटमा गोल गर्र्दै ह्याट्रिक पूरा गर्दै टिमलाई ९–० को जित दिलाउन सफल भइन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया