प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ म्यानचेस्टर सिटी ।
खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता एक मिनेटमै तोडियो । खेलको २८औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जियो अगुइरोले बराबरी गोल गरे । त्यसपछिको खेलमा पूरा हाबी रहेको म्यानचेस्टर सिटीले तीन गोल थप्यो ।
खेलको ३८औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि एमेरिक लापोर्तेले दोेस्रो गोल गरे । त्यस्तै खेलको ६३ औँ मिनेटमा रियाद मेहरेज सिटीका लागि तेस्रो गोल गरे भने चौथो गोल ७२औँ मिनेटमा इल्के गुन्डोगानले गरे ।
म्यानचेस्टर सिटीले २०१८–१९ सिजनमा ३८ खेलमध्ये ३२ मा जित हात पार्दै ९८ अंकका साथ उपाधि उचाल्यो ।
म्यानचेस्टर सिटीसँगै अन्तिमसम्म उपाधि होडमा रहेको लिभरपुल फुटबल क्लबले अन्तिम खेलमा वुल्भ्सलाई २–० ले हराए पनि सिटीले खेल जितेका कारण उ दोस्रो स्थानमा रह्यो । लिभरपुलका लागि साडियो मानेले १७औँ र ८१औँ मिनेटमा गोल गरे ।
लिभरपुलले ३८ खेलमध्ये ३० खेलमा जित हात पार्दै ९७ अंकका साथ दोस्रो स्थानमा रहँदा ७२अंकका साथ चेल्सी तेस्रो स्थानमा रहन सफल भयो । त्यस्तै टोटनह्याम ७१ अंकका साथ चौथो स्थानमा रहन सफल भएको छ ।