जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
जनकपुरधाम - जनकपुरमा साेमबार जानकी नवमी एवं जानकी जन्माेत्सव धुमधामसँग मनाइदैछ । बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ ।
जानकी नवमीको अवसरमा साेमबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।
जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो ।
जानकी नवमीमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी साेमबार जनकपुरमा आउँदै हुनुहुन्छ । बिहान ९ बजे हेलिकप्टरबाट जनकपुर आउनुहुने राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो । राष्ट्रपतिको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रदेश २ मा सार्वजनिक बिदा
जानकी नवमीको अवसरमा प्रदेश सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । मुख्यमन्त्री लालबाबु राउतले आइतरबाट शुभकामना संदेश दिँदै जानकी नवमी उत्साहपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदाको घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।