धम्की दिनेमाथि कारबाही गर्न इन्जिनियरहरुको माग

 वैशाख ३०, २०७६ सोमबार १४:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्जिनियरलाई धम्की दिनेलाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन प्रदेश ३ ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । 

अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत इन्जिनियर जंगबहादुर थापालाई जिल्ला समन्वय समिति अछामका सदस्य वेदप्रकाश तिमिल्सिनाले ज्यान मार्ने धम्की दिएको भन्दै इन्जिनियरहरुले सुरक्षाको माग गरेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

झोलुङ्गे पूल निर्माण उपभोक्ता समिति सँग गरिएको सम्झौतालाई लिएर इन्जिनियरमाथी धम्की आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । इन्जिनियरलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा फैलिएको छ । यसअघि सिन्धुली र सिन्धुपाल्चोकमा इन्जिनियर कुटिएको र अहिले धम्की आएकोले काम गर्न असुरक्षित महसुस भएको इन्जिनियरहरुले गृहमन्त्रीलाई जानकारी गराए । 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले अछाममा इन्जिनियर माथि ज्यान मार्ने धम्की आएको विषयमा आफूले निर्देशनसमेत दिइसकेकोले कारबाही हुने भन्दै ढुक्क भएर काममा जान इन्जिनियरहरुलाई आग्रह गर्नुभयो । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया