जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय वृद्ध जेल चलान

 वैशाख ३०, २०७६ सोमबार १९:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा –जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो ।

२०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतमा जबरजस्ती करणी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवत्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

अपराधी वृद्ध भएकाले नाम नखुलाइएकाे नायब उपरीक्षक भण्डारीले बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया