च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
इजिप्टका स्ट्राइकर मोहमद सलाहले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
इजिप्टका २६ वर्षीय फरवार्ड सलाह गएकाे सिजनमा रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए । त्यस सिजनमा उनले क्लबका लागि ५२ खेलमा ४४ गोल गरेका थिए ।
नयाँ सम्झौताअनुसार उनी सन् २०२३ सम्म लिभरपुलमा रहनेछन् । उनको रिलिज क्लज तोकिएको छैन ।
सम्झौतापछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लाेपले सलाहले लिभरपुललाई विश्वाश गर्छन् र लिभरपुलले सलाहलाई विश्वाश गर्ने दुई कुरा प्रष्ट भएको बताएका छन् ।
गएकाे सिजनमा सलाह प्रिमियर लिगको शीर्ष गोलकर्ता हुँदै गोल्डेन बुट जितेका थिए । उनले सिजनको ३८ खेलमा ३२ गोल गरेका थिए ।
उनको यही प्रदर्शनले गएकाे सिजनमा उनलार्इ प्रोफेशनल फुटबलर्स एशोसियसन प्लेयर्स अफ द इयर तथा फुटबल राइटर्स एशोसियसन फुटबलर अफ द इयरको पुरस्कार दिलाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।