जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायकासाथ सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ती जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने किसिमको ल्याएको बताउनुभएको हो ।
मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउँदै उहाँले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो । संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दे उहाँले सरकार त्यसविरुद्ध गएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘हजुरको सरकारले विधेयक ल्यायो । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक । यो विधेयक विल्कुलै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ । त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’
मानवअधिकारको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने किसिमको मानव अधिकार विधेयकलाई पनि फिर्ता लैजान उहाँले माग गर्नुभयो । उहाँले बजेट बनाउँदा संविधानले गरेको व्यवस्थालाई कार्यान्वयनमा लैजाने गरी ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यू, सम्माननीय अर्थमन्त्री ज्यू, र हजुरको सरकारलाई बजेट बनाउँदाखेरी संविधान पढेर मौलिक अधिकार कार्यान्वयन अगाडि लाने खालको बजेट बनोस् ।’
जेष्ठ नागरिकको हक, शिक्षाको हक तथा शिक्षासम्बन्धी संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक योजना तर्जुमा गर्न उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले वृद्धि दर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गर्नुभयो । अर्थशास्त्रीय सिद्धान्त र बहसभन्दा पनि मुलुकको अवस्था अनुसारको सिद्धान्त र प्राथमिकता निर्धारणमा ध्यान पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले आर्थिक वृद्धिदर र सामाजिक न्यायमा एउटालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘वृद्धिदरको धारणाको मोह र छाड्नुहोस् यदि तपाईं सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने वृद्धिदर अलग शब्द हो । विकास अलग शब्द हो । सँगसँगै आम जनताको उन्नति अलग शब्द हुन् । सिद्धान्तका हिसाबले कुरा गर्दा तपाईंले संकेत गर्नुभएको दिगो अर्थव्यवस्थाको सिलसिलामा वृद्धिदरको मोह र माया छोडेर वैकल्पिक ऊर्जामा तपाईं कति खर्च गर्ने वाला हुनुहुन्छ त्यो बताउनुहोस् मलाई ।’ अर्थमन्त्रीको पदलाई विगतदेखि अहिलेसम्म पनि विशेषज्ञको पद बनाइएको भन्दै उहाँले यो प्रवृत्ति नै गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘पीएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन आलुलाई पानी चाहिन्छ कि चाहिदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला मन्त्री भए ।’
विश्वेश्वर प्रसाद कोइराला प्रारम्भमा अलमलिए पनि पछि विकासको मोडल आफ्नालाई उपयुक्त नभएको भनी अस्वीकार गरेको प्रसंङ्ग उल्लेख गर्दै त्यसपछिका सरकारले पनि अमेरिका वा जर्मनीबाट पीएचडी गरेकाहरु नै अर्थमन्त्रीको रुपमा चयन गर्ने गरेकाले देशको विकास सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो ।
नेकपाका सांसद अग्निप्रसाद सापकोटाले सैद्धान्तिक र दिशानिर्देश गर्ने किसिमको वस्तुवादी ढंगले प्राथमिकता र सिद्धान्त निर्धारण भएको भन्दै समर्थन गर्नुभयो । उहाँले सम्मृद्धिको बाधक नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राज्यसंयन्त्रमा आमूल परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो ‘सुसासन कायम गर्न भ्रष्टाचार नियन्त्रण गर्नका लागि हामीले राज्य संयन्त्रमा सामान्य सुधार गरेर हुँदैन । सर्जरी गर्नै तयार हुनुपर्छ ।’ पूँजी परिचालन र खर्चको मुख्य चुनौति भएको भन्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।