जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
दैलेख – जिल्ला सदरमुकाम नजिकैकाे गाउँकाे विवाह भोजमा युवाहरुबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा नारायण नगरपालिका–५ छातिकोटका ३१ वर्षीय प्रेमबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँकै ऐमान थापाको छोराको विवाह पार्टीमा गएकाे राति अत्याधिक मदिरा सेवन गरी एक आपसमा हानाहान हुँदा घटना स्थलमै प्रेमबहादुरको ज्यान गएको बताइएको छ ।
सुरुमा त अभिभावकहरुले सम्झाईबुझाई गरेका थिए । पछि फरि विवादले उग्र रुप लिएपछि कुटपिट हुँदा उनको ज्यान गएको स्थानीयले बताएका छन् ।
घटनापछि फरार भएका आरोपित नारायण नगरपालिका–५ छातिकोट गाउँकै २१ वर्षीय दानबहादुर थापा र १९ वर्षका पहलबहादुर थापालाई प्रहरीले जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
आरोपितहरु पक्राउ परिसकेकोले अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।