पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी

 जेठ १, २०७६ बुधबार ७:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ । 

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय ५१ रनको पारी खेल्दा आसिफ अलीले ५२ रन बनाए । बलिङमा इंग्ल्याण्डमा वक्सले चार विकेट लिए । 

जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका उसका लागि बेस्ट्रो बाहेक जेसोन रोयले ७६ तथा मोलयन अलीले अविजित ४६ रन बनाए । 

पहिलो खेल वर्षाले विथोलिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया