क्रोएसियालाई विश्वकपमा पुर्‍याउने स्टिमेक भारतीय फुटबल टिमको मुख्य प्रशिक्षक

 जेठ १, २०७६ बुधबार १४:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रोएसियालाई फिफा विश्वकपमा पुर्‍याउने इगोर स्टिमेक भारतीय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

भारतीय फुटबल फेडरेसनले उनलाई दुई वर्षका लागि अनुबन्धन गरेको हो । 

 

यता भारतका प्रशिक्षक स्टेफक कान्सटनटाइनले राजीनामा दिएपछि मुख्य प्रशिक्षकको पद खाली रहेको थियो । उनको स्थानमा स्टिमेक आएका हुन् । ५१ वर्षे स्टिमेकले क्रोएसियालाई २०१४ को विश्वकपमा छनोट गराएका थिए ।

पूर्व खेलाडीसमेत रहेका स्टिमेक पछिल्लो १८ वर्षदेखि प्रशिक्षकको भूमिकामा रहेका छन् । पछिल्लाे समय भारतले आफ्नाे फुटबल क्षेत्रलाई  विश्वस्तरीय बनाउने भन्दै विभिन्न सुधारका याेजना अगाडि सारकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया