च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक-एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोसजनक खेल खेल्न सकेन । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर ३९ औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए ।
एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्यो ।
पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तर ५९ औँ मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७ औँ मिनेटमा ओलाओलेले सही दिशा दिन सकेनन् ।
८० औँ मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
खेलको अन्त्यतिर मिनर्भाले दुई वटा सुन्दर मौका पाएको थियो । तर दुवै प्रहारलाई मनाङले कठिन रुपमा बचाउ गर्यो । खेलको इन्जुरी समयमा ओलाओलेको प्रहारलाई मिनर्भाका गोलकिपरले बचाए ।
यो बराबरीले मनाङको चार खेलबाट दुई अंक बनाएको छ भने मिनर्भाले चार अंक बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।