चिनियाँ लगानीकर्ता सुरुङमार्ग निर्माण गर्न इच्छुक

 जेठ २, २०७६ बिहिबार ६:३०:५२ | रासस

मकवानपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डाै उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा उहाँले भीमफेदी–काठमाण्डाै जोड्ने सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उहाँहरु छिट्टै काठमाण्डाै आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उहाँले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया