आयाक्सले जित्यो डच लिगको उपाधि

 जेठ २, २०७६ बिहिबार ६:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो ।

च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन । 

ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो । 

त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए । 

६७औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पीएसभीलाई पछि पार्दै उपाधि जित्यो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया