जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौकाे आर्ट काउन्सिलमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ ।
बबरमहलमा रहेकाे आर्ट काउन्सिलमा आयोजना गरिएको प्रर्दशनीको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उहाँले त्यस प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ प्रदान गरिएको थियो । उपप्रधानमन्त्री पोखरेलले कलाकारद्वय ताम्राकार र राईलाई नगद १ लाखसहित सम्मान प्रदान गर्नुभएको हो । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यका साथ सुरु भएको प्रर्दशनी २० दिनसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।