लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुरोध

 जेठ २, २०७६ बिहिबार १५:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न अनुरोध गर्दै पत्राचार गरेको छ । 

केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न वैशाख १३ गते सूचना  प्रकाशित गरेको थियो । त्यसको विरोध गर्दै करारमा कार्यरत कर्मचारीहरुले जागिरको सुनिश्चिताको माग राखी आन्दोलन सुरु गरेका थिए । 

संघ र केन्द्रका तर्फबाट  आफ्ना मागबारे प्रतिक्रिया नपाएपछि एक हप्ताअघि केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा  र पोखराकी नर्स  जिता बराल आमरण अनसन बसिरहेका छन् । नर्सको स्वास्थ्यवस्था गम्भीर हुन थालेपछि केन्द्रले आजै लोक सेवा आयोगलाई पत्र पठाउँ दैपरीक्षा स्थगित गर्न अनुरोध गरेको हो । 

आजै नेपाल नर्सिङ संघले पनि प्रत्यारोपण केन्द्रलाई परीक्षा स्थगित गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको संघकी सचिव राजकुमारी ज्ञवालीले बताउनुभयो । उहाँले डिक्की शेर्पा  र जिता बराललाई थप उपचारका लागि लैजाने जानकारी दिनुभयो ।  

काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्नेलगायतका माग आन्दोलनरत नर्सले राखेका छन् ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया