जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – बुधबार साँझ एसिड प्रहारबाट गम्भीर घाइते भएकी २० वर्षीया जेनी खड्काको कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचार भैरहेको छ ।
खड्कालाई २७ वर्षीय श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । घरायसी विवाद र असमझदारी बढ्न थालेपछि उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । विवाह गरेपछि भुजेलको जेठी श्रीमती पनि रहेको थाहा पाएपछि खड्का कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।
खड्कालाई सुरुमा चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो, त्यहाँ बर्न वाडको उपचार सेवा नभएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्याइएको थियो ।
एसिडका कारण खड्काको घाँटी, छाती र हातमा धेरै असर पुगेको छ । उपचारमा संलग्न डाक्टर रोहन प्रधानले गम्भीर घाइते भएकी खड्कालाई तत्काल वार्डमा सारिएको भए पनि खतरामुक्त भइनसकेको उज्यालोलाई बताउनुभयो ।
उहाँका अनुसार, खड्कालाई बिहीबार नै आईसीयूमा सारिनेछ । ‘एसिडले जलेको प्रक्रिया डरलाग्दो हुन्छ । नियन्त्रण गर्न नसक्दा झन् गहिराइ बढ्ने सम्भावना रहन्छ । यसरी गहिराइ बढ्दै जाँदा उपचारको प्रक्रिया लम्बिन्छ र किटाणु संक्रमणको सम्भावना पनि धेरै हुन्छ’, डाक्टर प्रधानले भन्नुभयो ।
पछिल्ला दिनमा एसिड प्रहारका धेरै घटना घरायसी र आपसी मनमुटावका कारण हुने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘निकै कम मात्रामा मात्रै संयोगवश एसिड प्रहारका घटना हुने गर्दछ । यसर्थ एकआपसमा समझदारी र मेलमिलाप हुनु जरुरी छ, हामीले त केवल जनचेतना र सुझाव मात्र दिन सक्छौं ।’
भुजेललाई काठमाण्डौ प्रहरी परिसरबाट खटिएको विशेष टोलीले काँडाघारीबाट पक्राउ गरेको काठमाण्डौ प्रहरी परिषरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जनाउनुभयो । भुजेललाई अहिले परिसरमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको बोगटीले जानकारी दिनुभयो ।
एसिड प्रहार भए लगत्तै प्राथमिक उपचार के गर्ने ?
डाक्टर रोहित प्रधानले एसिड प्रहार भएलगत्तै यसको असर कम गर्नका लागि कुलिङ प्रक्रिया अपनाउन सुझाव दिनुभएको छ । ‘एसिड प्रहार भएकाे ठाउँमा लगातार २० देखि ३० मिनेटसम्म धाराको पानीले पखालिरहने, यसो गर्दा एसिडले जलेको भाग बढ्न पाउँदैन । हामी यसलाई ‘कुलिङ मेथड’ भन्छौं’, उहाँले भन्नुभयाे ।
यसअघि पनि दुई किशाेरीमाथि भएकाे थियाे एसिड प्रहार
यसअघि २०७१ फागुन १० गते काठमाण्डौको वसन्तपुरमा एसएलसी परीक्षाको तयारीको लागि ट्युसन पढ्न गएका किशोरीहरु संगीता मगर र सीमा बस्नेतमाथि पनि एसिड प्रहार भएको थियो । घटनामा संलग्न जीवन विक महिनौँपछि पक्राउ परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।