जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – सन् २०१९ को पहिलो चार महिनामा झण्डै साढे ४ लाख पर्यटक नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अप्रिलसम्म नेपालमा ४ लाख ४५ हजार एक सय ९ जना पर्यटक घुम्न आएका छन् । यो संख्या सन् २०१८ को यही अवधिको तुलनामा १५ दशमलव ३० प्रतिशतले धेरै हो ।
सन् २०१८ को पहिलो चार महिनामा नेपालमा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएका थिए । यो वर्षको पहिलो चार महिनामा एसिया क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटक २२ प्रतिशतले बढेका छन् । एसियाबाट पछिल्लो चार महिनामा १ लाख ४० हजार ९ सय ६० पर्यटक आएका छन् । गत वर्षको यसै अवधिमा एसियाली देशबाट नेपालमा १ लाख १४ हजार पर्यटक आएका थिए ।
यस्तै युरोपबाट आउने पर्यटक २ दशमलव ७३ प्रतिशतले बढेका छन् । गएको वर्षको पहिलो चार महिनामा ८२ हजार ७ सय ७० पर्यटक नेपाल आएकोमा यो वर्ष ८५ हजार २७ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै अमेरिकी क्षेत्रबाट नेपाल आउने पर्यटक ११ दशमलव १२ प्रतिशतले बढेका छन्, पोहोर चार महिनामा ३५ हजार ९ सय १६ जना पर्यटक नेपाल आएकोमा यो वर्ष ३९ हजार ९ सय १० जना पर्यटक नेपाल आएका छन् ।
यस्तै अन्य क्षेत्रबाट आउने पर्यटक १९ प्रतिशतले बढेर ६७ हजार ६ सय ४४ पुगेका छन् ।
४ महिनाको अवधीमा चाइनिज ताइपेइबाट आउने पर्यटक झण्डै ७० प्रतिशतले बढेका छन् भने बंगलादेशबाट आउने पर्यटक ३३ प्रतिशतले घटेका छन् नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।