जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
भक्तपुर – ‘नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौँ’ भन्दै नेपाली पैसा चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिन्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
निज दुई पाकिस्तानी नागरिकले गएको वैशाख २९ गते बा. १९ च. ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका ५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट ३० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।
त्यसैगरी त्यसै नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठैलो नोट हेर्ने बाहनामा ७० हजार रुपैयाँ चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाण्डौको सिनामंगलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुको साथबाट २९ सय ५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली एक लाख ३७ हजार ५०० रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका पाकिस्तानी नागरिकलाई महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।