सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप: अमेच्योर शुक्र बहादुर राईले जिते उपाधि

 जेठ २, २०७६ बिहिबार २०:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि अमेच्योर खेलाडी शुक्र बहादुर राईले जितेका छन् ।

७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न प्रतियोगितामा प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्र च्याम्पियन बनेका हुन् । तीन चरणको समाप्तिसम्ममा एक स्ट्रोकको अग्रता लिएका शुक्रले अन्तिम दिन पाँच अण्डर ६७ को कार्ड बनाए ।

भुवन नगरकोटीले पनि पाँच अण्डर ६७ नै बनाएपछि शुक्र यो प्रतियोगिता जित्ने पहिलो अमेच्योर खेलाडी बन्न सफल भए । उनले कुलमा १० अण्डर २७७ को कार्ड बनाए ।

पहिलो चरणमा दुई ओभर ७४ को कार्ड बनाएका शुक्रले दोस्रो चरणमा राम्रो प्रदर्शन गर्दै ६ अण्डर ६६ स्कोर गरे । तेस्रोमा उनले दुई अण्डर ७० बनाएका थिए ।
भुवन नगरकोटीले भने पहिलो चरणमा तीन अण्डरको खराब कार्ड बनाएका थिए ।

दोस्रोमा पाँच अण्डर ६७ र तेस्रोमा उनले तीन अण्डर ६९ को कार्ड बनाएका थिए ।
भुवनले भने ९ अण्डर २७८ कार्ड बनाएका थिए । चार अण्डर २८३ को कार्ड सहित अर्का अमेच्योर सुवाष तामाङ तेस्रो भए । विकास अधिकारी चौथो भए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया