भाइको गोली प्रहारबाट दाइ घाइते

 जेठ ३, २०७६ शुक्रबार ६:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – जिराभवानी गाउँपालिका-२ बलुवामा बिहीबार साँझ ७ बजे गाेली चल्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । 

उहाँलाई आफ्नै भाइ सेख सराजुद्दिनले गाेली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएकाे छ । दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गाेली हानेका थिए । गोली लागेकाे सेखकाे अवस्था गम्भीर रहेकाे नारायणी अस्पतालले जनाएको छ । 

दाजुमाथि गाेली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । उनकाे साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले जानकारी दिनुभयो । 

घाइते भएका सेखको नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया