कतारका राजा थानीको स्वागतमा काठमाण्डाै सिँगारियाे, सुरक्षाकर्...
बैशाख ११, २०८१ मंगलबार
पाँच पटक विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेका वेस्टइन्डिजका व्याट्सम्यान क्रिस गेलले तयारी सुरु गरेका छन् । आईपीएल खेलेर भर्खरै टिममा सहभागी भएका गेलले आफूलाई फर्ममा ल्याउनका लागि अरुले जिम गर्ने बेला उनी भने योग गरेर बसेका छन् ।
उनी २ महिनादेखि जिममा गएका छैनन् । भारतमा हुँदा पनि जिममा गएका थिएनन् । ३९ वर्षीय गेल आफूलाई फिट राख्न योगका साथै मसाज गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । गेलले भने थकान मेटाउँनका लागि यस्तो गरेको बताए ।
विश्वकप अघि आईपीएलमा सानदार प्रदर्शन गरेकाले ब्याटिङबाट खुशी भएको बताउँदै आउँदो प्रतियोगितामा पनि उत्कृष्ट लय समात्न सकिने विश्वास व्यक्त गरे । उनले विश्वकपका लागि आफूलाई शारिरीक भन्दा पनि मानसिक फिट राख्न लागि परेको बताएका छन् ।