इंग्ल्याण्डमा बीच क्रिकेट प्रतियोगिता सुरु, जहाँ वाइड, एलबीडब्लू र नो बल हुँदैन

 जेठ ३, २०७६ शुक्रबार ९:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा बीच क्रिकेट प्रतियोगिता सुरु भइसकेको छ । सेप्टेम्बरसम्म ३ वटा समुन्द्री किनारमा बीच क्रिकेट खेल आयोजना हुन्छ । टिम र पीच लगायतका विषयमा आ–आफ्नै नियम बनाइन्छ ।

इंग्ल्याण्डको शिप इन क्लब बीच क्रिकेटको आयोजक हो । इंग्ल्याण्डको एउटा मात्रै बीच क्रिकेट क्लब हो जसको आफ्नै क्रिकेट पीच छ । तर यो पीच २ या ३ दिन भन्दा बढी टिकेको छैन । यसलाई समुन्द्रको छाल आएर लैजान्छ र फेरि रोलर लगाएर नयाँ पीच बनाइन्छ ।  

अहिले जारी बीच क्रिकेट लिगमा तीन टिमले सहभागिता जनाएका छन् । द मेकगल्नि ब्रदर्स ११, किल्माकम र ब्रोकबेटले प्रतियोगिता खेलिरहेका छन् । बीच क्रिकेटको कन्सेप्ट भने वेस्टइन्डिजबाट आएको हो । त्यहाँ धेरै पहिला देखि समुन्द्री किनारमा क्रिकेट खेल्ने गरिन्थ्यो ।

इंग्ल्याण्डमा भने यो सुरु भएको तीन वर्ष जति मात्रै भएको हो । यस पटक स्कटल्याण्डमा खेल आयोजना भइरहेको छ । बीच क्रिकेटमा ८–८ ओभरको खेल आयोजना हुन्छ । यसका नियम गली क्रिकेटका जस्तै हुन्छन् । जस्तो ब्याट्सम्यानले बीचमा पिकनिक मनाइरहेका तर्फ बल हान्छन् । त्यसमा एलबीडब्लू, वाइड र नो बल भन्ने हुँदैन ।

यसको खास उद्देश्य भनेको मनोरञ्जन प्रदान गर्नु मात्रै हो । त्यसैले खेलमा खेलाडीको संख्या नै एकिन हुँदैन । जसलाई मन लाग्यो उसैले गएर खेल्न पनि पाइन्छ । तर उसले सेतो किट भने लगाउन अनिवार्य गरिएको छ ।

८–८ ओभरको खेलमा यदि कुनै खेलाडीको खेल मन परेमा उसलाई थप २ वटा मौका पनि दिने प्रचलन छ । समुन्द्रको नजिक पिकनिक मनाइरहेका बीचमा बल फालेमा व्याट्सम्यान आफै बल लिन जानु पर्ने हुन्छ । त्यहाँ स्कोरर पनि हुँदैनन् ।

हरेक बल पछि आफै चिच्याएर स्कोर भन्नु पर्ने हुन्छ । पानी भित्र बल फालेमा छक्का त हुन्छ नै साथ साथै ब्याट्सम्यान भने आउट पनि हुन्छ । आउट भएको सोही ब्याट्स्म्यान आफैँ बल लिन पानीमा जानु पर्छ । तर फील्डरले एउटै हातले बल क्याच लिएमा अर्को टिममा जति नै विकेट बचे पनि पारी सकिएको घोषणा हुन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया